भैरहवामा रास्वपाको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण तय
मङ्गलबार, २७ साउन २०८२, ११ : ३५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशमा दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्दैछ।
- प्रशिक्षण कार्यक्रममा पार्टी सबलीकरण, उपनिर्वाचन र सदस्य वृद्धिलगायतका विषयमा छलफल हुनेछ।
- कार्यक्रममा पार्टीका विभिन्न पदाधिकारी र सदस्यहरूको सहभागिता रहनेछ।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशमा दुई दिने प्रशिक्षण कार्यक्रम तय गरेको छ । रास्वपा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा साउन ३० र ३१ गते गर्ने प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।
पार्टीका कार्यवाहक सभापति डिपी आचार्य, उपसभापति स्वर्णीम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ लगायतले पार्टीको सबलीकरण, रुपन्देही क्षेत्र नम्बर तीनको उपनिर्वाचन, सदस्य वृद्धि लगायत विषयमा प्रशिक्षण दिने रास्वपा लुम्बिनी प्रदेश उप सभापति सालिकराम घिमिरे जानकारी दिए।
उक्त प्रशिक्षणमा पार्टी प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, प्रदेश विभागका सदस्यलगायतको सहभागिता रहने छ । प्रशिक्षण तयारी अन्तिम चरण पुगेको घिमिरेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण