बलुचिस्तान लिबरेशन आर्मीलाई अमेरिकाले गर्यो आतङ्कवादी सङ्गठन घोषित
सारांश
- अमेरिकाले बलूच लिबरेशन आर्मी (बीएलए) र मजिद ब्रिगेडलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरेको छ।
- बीएलएले कराँची विमानस्थल र ग्वादर बन्दरगाहमा हमलाको जिम्मेवारी लिएको थियो, जसमा ३१ जनाको मृत्यु भएको थियो।
- यो घोषणा पाकिस्तानी सेना प्रमुख असिम मुनीरको अमेरिका भ्रमणको बेला आएको हो।
वासिङटन डीसी । अमेरिकाले बलूच लिबरेशन आर्मी (बीएलए) र योसँग सम्बद्ध सङ्गठन मजिद ब्रिगेडलाई विदेशी आतङ्कवादी सङ्गठन (एफटीओ) घोषित गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार राति अबेर यो जानकारी दिएका हुन् ।
‘बीएलएले २०२४ मा कराँची विमानस्थल नजिकै र ग्वादर बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आत्मघाती हमलाको जिम्मेवारी लिएको थियो । यसले मार्च २०२५ मा जाफर एक्सप्रेस रेल अपहरणको पनि जिम्मेवारी लिएको थियो, जसमा ३१ नागरिक र सुरक्षाकर्मी मारिएका थिए । ३०० भन्दा बढी यात्रुहरूलाई बन्धक बनाएको थियो ।’ रुबियोल एउटा विज्ञप्तिमा भनेका छन् ।
‘आज अमेरिकाको विदेश मन्त्रालयले गरेको कारबाहीले आतंकवादसँग लड्ने ट्रम्प प्रशासनको प्रतिबद्धतालाई देखाउँछ । आतङ्कवादी सङ्गठन घोषणा गर्नुले आतंकवाद विरुद्धको हाम्रो लडाइँमा अहम् भूमिका खेल्छ । आतङ्कवादी गतिविधिहरूका लागि समर्थन रोक्ने यो प्रभावकारी तरिका हो ।’ विज्ञप्तिमा भनिएको छ ।
पाकिस्तानी सेना प्रमुख असिम मुनीर अमेरिका भ्रमणमा रहेको बेला अमेरिकाले यो घोषणा गरेको हो । पाकिस्तानी पत्रिका डनको रपोर्ट अनुसार, मुनीर फेरि एक पटक अमेरिका पुगेका छन् । डेढ महिनामा मुनिरको यो दोस्रो अमेरिका भ्रमण हो ।
बलुच लिबरेशन आर्मी पाकिस्तानको बलुचिस्तान प्रान्तको स्वतन्त्रताको लागि लडिरहेको सङ्गठन हो । यो २००० को दशकको सुरुमा स्थापना भएको थियो । यस अघि नै कयौँ देशहरूले यसलाई आतङ्कवादी सङ्गठन घोषित गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण