विश्वासको मत सर्दैन, फेस गरेर अघि बढ्छौँ : प्रवक्ता लामिछाने
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद फेस गरेर विश्वासको मत लिने तयारी गरेका छन्।
- पार्टीभित्रको आन्तरिक किचलोका बाबजुद मुख्यमन्त्रीले संसद फेस गर्ने निर्णय गरेका हुन्।
- संसदीय दलको बैठकमा सहभागी भएर विश्वासको मत दिने तयारी भइरहेको छ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद् फेस गरेर विश्वासको मत लिने तयारी गरेका छन् । पार्टी भित्र आन्तरिक किचलो उत्कर्षमा पुगेका बखत मुख्यमन्त्री बानियाँ संसद् फेस गरेर अघि बढ्ने भएका हुन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार मुख्यमन्त्री बानियाँले संसदबाट विश्वासको मत सम्बन्धी प्रस्ताव फेस गरेर अघि बढ्न तयारी रहेको छ । पार्टीको निर्देशन पनि पहिलो विश्वासको मत लिएर बाँकी विषयमा सहकार्य गर्ने रहेकाले सोही अनुसार मुख्यमन्त्री बानियाँ अघि बढेको उनको भनाई छ ।
‘संसदको कार्यसूची बनिसकेको छ । साझेदार दल पनि प्रक्रिया अघि बढाउन तयार रहेको छ । सभामुखसंग पनि सहकार्य भएर विश्वासको मत सम्बन्धी प्रस्ताव अघि बढाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रक्रिया थालिएको छ । त्यसैले अब पछि हट्ने वा सार्ने भन्ने अवस्था छैन’ उनले भने, ‘पार्टी सभापतिको निर्देशन पनि पहिले विश्वासको मत दिने र अन्य विषयमा छलफल गरेर मिलाउने भन्ने छ । सोही अनुसार अघि बढ्न निर्देशन आएकाले प्रक्रिया टुंग्याउने तर्फ मुख्यमन्त्री रहनुभएको छ ।’
पार्टीले माग सम्बोधन गर्ने सकारात्मक देखाउँदै गर्दा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा समूह हठमा लागेर काठमाडौँ बहिसेको उनले बताए । पार्टीले निर्देशन गरे अनुसार ह्वीप लगाएको अवस्थामा अनुशासन तोड्नु उचित नहुने उनको भनाई छ ।
विगतमा पार्टीको अवस्था, सन्तुलन नमिलाई आफू अनुकूल मन्त्री नियुक्त गरेर हाल यसै हुनुपर्छ भन्नु उचित नरहेको उनले बताए । पार्टी र संसदीय दलबाट माग सम्बोधन गर्ने विषयमा छलफलका लागि तयारी भइरहेका बखत तत्काल यसै हुनुपर्छ भन्नु अहमता भएको उनले बताए ।
संसदीय दलका सचेतक कञ्चनचन्द्र बादेका अनुसार निर्धारित समयमा नै मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्ने तयारी रहेको छ । सबै तयारी पुरा गरिसकेको र पार्टीले निर्देशन दिएर संसदीय दलले ह्वीप लगाएर प्रक्रिया अघि बढाएका बखत को आउने न आउनेले अर्थ नराख्ने उनको भनाई छ । पार्टी अनुशासनको पालना गर्नेहरु १ बजेको संसदीय दलको बैठकमा सहभागी हुने र आफ्ना विषय राखेर विश्वासको मत प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण