उदयपुरमा बाल यौन दुरुपयोग आरोपमा युवक पक्राउ
मङ्गलबार, २७ साउन २०८२, १३ : ३६
सारांश
- उदयपुरमा १६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा त्रियुगा नगरपालिकाका २२ वर्षीय सागर परियार रहेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र अभियुक्तलाई अदालतमा पेश गरेको छ।
उदयपुर । उदयपुरमा १६ वर्षीया बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ साकेला टोलका २२ वर्षीय सागर परियार रहेका छन्।
प्रहरीका अनुसार साउन २२ गते दिउँसो करिब २ बजेतिर पीडित बालिकामाथि दुरुपयोग भएको आरोपमा परियारलाई खोजतलास गर्दा साउन २५ गते घरमैबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका परियारलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण