राजस्व चुहावटका मुद्दामा नयाँ कार्यविधि, मुद्दा चलाउने निर्णयको अधिकार अब सरकारी वकिललाई
सारांश
- महान्यायाधिवक्ताको कार्यालयले राजस्व चुहावट मुद्दामा जिल्ला सरकारी वकिलको अधिकार बढाएको छ।
- अब राजस्व चुहावट मुद्दा चलाउने वा नचलाउने भन्ने प्रारम्भिक निर्णय जिल्ला सरकारी वकिलले गर्नेछन्।
- प्रमाणको अभावमा मुद्दा नचल्ने भएमा उच्च सरकारी वकिल कार्यालयको स्वीकृति लिनुपर्नेछ।
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले राजस्व चुहावट सम्बन्धी मुद्दाको अभियोजन प्रक्रियामा परिवर्तन गर्दै जिल्ला सरकारी वकिलको अधिकार क्षेत्र बढाएको छ ।
नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अबदेखि राजस्व चुहावटको मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा प्रारम्भिक निर्णय गर्ने अधिकार जिल्ला सरकारी वकिललाई नै प्रत्यायोजन गरिएको हो ।
नयाँ व्यवस्था अनुसार, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अन्तर्गत अनुसन्धान सकिएपछि प्राप्त मिसिलको अध्ययन गरी जिल्ला सरकारी वकिलले नै मुद्दा चलाउनुपर्ने देखेमा त्यसको आधार र कारणसहित निर्णय गर्न सक्नेछन् ।
उक्त निर्णयको प्रतिलिपिसहित मुद्दा दायर गर्नका लागि फाइल अनुसन्धान अधिकृतसमक्ष फिर्ता पठाइनेछ ।
तर, सबुद प्रमाणको अभावमा मुद्दा चलाउन नपर्ने देखिएमा भने जिल्ला सरकारी वकिलले सोझै निर्णय गर्न पाउने छैनन् । त्यस्तो अवस्थामा आधार र कारणसहितको निर्णय अन्तिम स्वीकृतिका लागि सम्बन्धित उच्च सरकारी वकिल कार्यालयमा पठाउनुपर्नेछ ।
उच्च सरकारी वकिल कार्यालयबाट निकासा (स्वीकृति) भएपछि मात्र मुद्दा नचल्ने निर्णय कार्यान्वयनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
-
बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
-
महिला नेतृत्वलाई निर्णायक तहमा पुर्याउन जोड
-
मालीमा विद्रोही जिहादी समूहको आक्रमणमा कम्तीमा ५० सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण