कुलिङ अफ पिरियड प्रकरण : समिति सभापतिबाट राजीनामा दिने ‘मुड’मा रामहरि
सारांश
- संघीय निजामती विधेयकमा भएको चलखेलमा मुछिएका रामहरि खतिवडाले राजीनामा दिने मनस्थिति बनाएका छन्।
- खतिवडाले प्रतिनिधि सभा बैठकमा राजीनामाबारे बोल्ने र मंगलबारको बैठकमा समय लिइसकेका छन्।
- संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर्याएपछि राजीनामाको माग उठेको हो।
काठमाडौँ । सङ्घीय निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा जिम्मेवार ठहरिएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने मनस्थिति (मुड) बनाएका छन् ।
सभापति खतिवडाले आजको प्रतिनिधि सभा बैठकमा बोलेर समिति सभापति पदबाट राजीनामा दिन सक्ने उनी निकट स्रोतले बताएको छ ।
त्यसका लागि खतिवडाले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्न समय लिइसकेका छन् । निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा चलखेल गरेको विषयमा गठित संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो ।
नैतिक जिम्मेवार देखिएपछि खतिवडाले राजीनामा दिनुपर्ने माग प्रतिपक्षी र सत्तापक्षबाटै समेत उठ्दै आएको छ ।
यसैबिच सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कार्यान्वयनका विषयमा सभामुखले मंगलबारको संसद् बैठक सकिए लगत्तै सिंहदरबारमा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण