वीरगन्ज कैदी मृत्यु प्रकरणमा : सहायक सीडीओको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति
सारांश
- वीरगन्ज कारागारका एक कैदीको मृत्यु भएपछि छानबिनका लागि ५ सदस्यीय समिति गठन गरियो।
- मृतकका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै प्रदर्शन गरेपछि प्रशासनले छानबिनको सहमति जनायो।
- कैदी राहुल साह कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ३ वर्षदेखि जेलमा थिए, उनलाई २५ वर्ष कैद सजाय तोकिएको थियो।
वीरगन्ज । वीरगन्ज कारागारका एक कैदीको मृत्यु प्रकरणमा विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रदर्शन नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) बाबुलाल रेग्मीको संयोजकत्वमा गठन गरिएको समितिमा डिएसपी किशोर लम्साल, वडा नम्बर २५ का वडा सदस्य जगदीश साह तुराहासहित अन्य सदस्यहरू छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको सीडीओ गणेश अर्यालले बताए ।
मंगलबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका–२५ का कैदी राहुल साहको मृत्यु भएको थियो। उपचारमा लापरबाही भएको आरोप लगाउँदै मृतकका आफन्तले टायर बालेर प्रदर्शन गरेका थिए। जिल्ला प्रशासनले आफन्तसँग छलफल गरी निष्पक्ष छानबिनको सहमति गरेपछि नारायणी अस्पतालको अवस्था सामान्य बनेको प्रशासन कार्यालयले जनाएको छ।
मृतक साह कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ३ वर्षदेखि वीरगन्ज कारागारमा सजाय काट्दै आएका थिए। अदालतले उनलाई २५ वर्ष कैद सजाय सुनाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण