१० बजे १० समाचार : बानियाँले पाए विश्वासको मत, खतिवडाले दिए राजीनामा
सारांश
- रामहरि खतिवडाले राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा दिएका छन्, जसको कारण ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेल थियो।
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरे, र कैलाली कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भयो।
- धरान उपमहानगरपालिकामा बजेट निर्माणको प्रक्रिया सुरु हुने भयो, र लोसपा नेता अनिल झाले पार्टी छाडेका छन्।
आज २०८२ साउन २७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- खतिवडाले दिए राजीनामा
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो ।
- विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको हो ।
- कैलाली कारागार
कारागार कार्यालय कैलालीमा भएको ‘विवाद’बारे छानबिन हुँदैछ । साउन २३ गते राति कैदीबन्दीका बिचमा झडप हुँदा धनगढी उपमहानरपालिका–४ घर भएका कैदी भरत चौधरीले ज्यान गुमाए । दुई समूहबिच झडप हुँदा ३७ वर्षीय चौधरीले ज्यान गुमाएका हुन् । उनको शव परिवारले बुझेका छन् ।
- धरानमा आउने भयो बजेट
निर्धारित कानुनी समयसीमा नाघेको डेढ महिना बितिसक्दा पनि बजेटविहीन बनेको धरान उपमहानगरपालिकामा अन्ततः बजेट निर्माणको प्रक्रिया सुरु हुने भएको छ । मेयर हर्कराज राई (साम्पाङ)ले ऐनमा व्यवस्था नै नभएको ‘अवशिष्ट अधिकार’ प्रयोग गरेर खर्चको बाटो खोल्ने चेतावनी दिएपछि कार्यपालिकामा बहुमतमा रहेका राजनीतिक दलहरू बजेटको प्रक्रिया अघि बढाउन तयार भएका छन् ।
- अन्तर्राष्ट्रिय युवा दिवस
‘युवाहरु किन देशमा बस्न चाहिरहेका छैनन् ?’ यो आजको सबैभन्दा पेचिलो र गम्भीर प्रश्न हो । कलेज पढिरहेका हरेक युवालाई भविष्यबारे सोध्यो भने अधिकांशको साझा जवाफ हुन्छ- ‘विदेश जाने’, ‘पैसा कमाउने’, ‘सकेसम्म उतै सेटल हुने’ ।
- एक वर्षे समीक्षा
पछिल्लो समय कर्णालीबाट अर्ग्यानिक अदुवा र बेसार तेस्रो मुलुक (जर्मनी) निर्यात हुने गरेको छ । कृषकले उत्पादन गरेको उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको हो ।
- अनिल झाले छाडे लोसपा
लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् । झाले आफूले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको मंगलबार रातोपाटीलाई जानकारी दिए ।
- इम्बोस्ड नम्बर प्लेट
महँगो शुल्कको जगमा उभिएको विवादित इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको योजना नौ वर्षपछि पुनः बिउँतिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि यस्तो व्यवस्था अनिवार्य गरिसकेको छ ।
- लोकतान्त्रिक मोर्चा
तराई मधेसका सात दलसम्मिलत सङ्घीय लोकतान्त्रिक मोर्चा कमजोर पार्न सत्ता गठबन्धन नै लागेको गठबन्धनमा आबद्ध दलहरूले निष्कर्ष निकालेका छन् । रुपन्देही–३ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने तथा २०८४ को आम निर्वाचनमा मोर्चामा रहेका दलहरू एकीकृत भएर अगाडि बढ्ने भएपछि सत्ता गठबन्धन त्यसलाई कमजोर बनाउन लागेको मोर्चामा आबद्ध दलका नेताहरूले आरोप लगाएका हुन् ।
- सशङ्कित भए ओली
‘मदन भण्डारी फाउन्डेसनमार्फत गुटको भेला गरेर तपाईंले पार्टी विभाजनको गतिविधि गर्दै हुनुहुन्छ । यो काम तत्काल रोकियोस्’ तत्कालीन नेकपाकालमा केपी ओली र प्रचण्ड–माधवबिच अन्तरद्वन्द्व बढ्दै जाँदा सचिवालय बैठकमै प्रचण्डले ओलीलाई यसो भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण