“प्लास्टिक प्रदूषण अन्त्यका लागि युरोपेली सङ्घ तयार”
सारांश
- युरोपेली सङ्घ प्लास्टिक प्रदूषण अन्त्यका लागि विश्वव्यापी सन्धिमा सहमतिका लागि तयार छ, तर अन्यायपूर्ण सम्झौता मान्दैन।
- जिनेभामा जारी वार्तामा तेल उत्पादक राष्ट्र र प्लास्टिक नियन्त्रण पक्षधरबीच सहमति खोज्ने प्रयास भइरहेको छ।
- युरोपेली सङ्घ प्लास्टिक उत्पादन नियन्त्रण र विषाक्त रसायनको प्रयोग कम गर्नुपर्ने पक्षमा छ।
जिनेभा। युरोपेली सङ्घले प्लास्टिक प्रदूषण अन्त्यका लागि विश्वव्यापी सन्धिमा सहमति जनाउन तयार रहेको स्पष्ट पारेको छ, तर अन्यायपूर्ण वा अविचारित सम्झौता आफूलाई मान्य नहुने बताएको छ ।
संयुक्त राष्ट्रसङ्घको आयोजनामा जिनेभामा भइरहेको बहुपक्षीय वार्ता अब दुई दिनमै टुङ्ग्याउनु पर्ने चरणमा पुगेको छ । यस्तो अवस्थामा युरोपेली सङ्घका वातावरण आयुक्त जेसिका रोस्वालले तेल उत्पादक मुलुक र प्लास्टिक नियन्त्रणको पक्षमा रहेका देशहरूबिच अब सहमतिको समय आएको बताइन् ।
उनले भनिन्,“हामी प्लास्टिक प्रयोग गर्छौँ र भविष्यमा पनि यसको आवश्यकता हुनेछ, तर प्लास्टिक प्रदूषणलाई सहन सकिँदैन । त्यसैले अब यस समस्यालाई यथाशीघ्र अन्त्य गर्नुपर्छ ।”
दुई पक्षबीच अझै ठूलो मतभेद रहेको देखिएको छ । साउदी अरेबिया, कुवेत, रसिया र इरान जस्ता तेल उत्पादन गर्ने देशहरू मिलेर बनेको समूहले सन्धि केवल फोहोर व्यवस्थापनमा सीमित राख्नुपर्ने अडान राखेका छन् । तर युरोपेली सङ्घसहित अन्य राष्ट्रहरू भने प्लास्टिकको उत्पादनमा नै नियन्त्रण गर्नुपर्ने र विषाक्त रसायनहरूको प्रयोग क्रमशः बन्द गरिनुपर्ने पक्षमा उभिएका छन् ।
डेनमार्कका वातावरण मन्त्री म्याग्नस हेइनिकेले दुई पक्षबिचको मतभेद गहिरिँदै गएको भए तापनि सहमतिको आवश्यकता अझै बढ्दै गएको बताए । उनले भने, “जति ढिलो गरिन्छ, समस्या उति जटिल हुँदै जान्छ । त्यसैले अहिले नै सहमति गर्ने उत्तम समय हो ।”
उनले सबै पक्षलाई आ–आफ्नो अडान पुनरावलोकन गर्न अनुरोध गरे । “यदि सबै जना आफ्ना मागमै अडिग रह्यो भने सहमति सम्भव छैन,” उनले भने ,“हामी सबैले केही न केही समायोजन गर्नुपर्छ, ताकि परिणामस्वरूप सशक्त, कानुनी रूपमा बाध्यकारी र दीर्घकालीन समाधान दिने सन्धि गर्न सकियोस् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण