चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर
मङ्गलबार, २७ साउन २०८२, २२ : ५५
सारांश
- बागलुङ खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोर चार दिनपछि सञ्चालनमा आएको छ।
- शनिबारको वर्षाले गर्दा बागलुङ नगरपालिका-१३ कालाखोलामा पहिरो खसेको थियो।
- सडक डिभिजन र निर्माण व्यवसायीको प्रयासपछि मंगलबारबाट सवारीसाधन सञ्चालनमा ल्याइएको छ।
बागलुङ। चट्टानसहितको ठुलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो ।
सडक करिडोर आयोजना तथा निर्माण व्यवसायीको अवरुद्ध सडकमा यातायात सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । पहिरो खुलाउनका लागि आइतबारबाटै थालेपनि ठुलो पहिरो भएकाले मङ्गलबार दिउँसोबाट सवारीसाधन चल्ने गरी सडक सञ्चालनमा ल्याइएको बताए । ठुला मालवाहक सवारी सञ्चालनका लागि थप चट्टान काट्ने काम समेत भइरहेको उनले बताए । पहिरोका कारण ४० मिटर सडकको ट्र्याक नै परिवर्तन गरेर सडक सञ्चालनमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण