‘पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड’
सारांश
- सञ्चारमन्त्रीले पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्ने कुरामा जोड दिए।
- फोनिजको २६औँ स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा आदिवासी पत्रकारिताको योगदानको चर्चा गरियो।
- विभिन्न विधामा पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरियो, जसमा नगद पुरस्कार पनि समावेश थियो।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
मङ्गलबार यहाँ आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६औँ स्थापना दिवस तथा फोनिज अवार्ड–२०८२ मा मन्त्री गुरुङले आदिवासी पत्रकारिताले मुलुकको सञ्चार क्षेत्रमा ठूलो योगदान पुर्याएको चर्चा गरे ।
त्यस अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आदिवासी जनजातिको हकहित र अधिकारका सवालमा फोनिजले अझ गहिरो र प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिए । उनले पत्रकारहरूले समुदायका आवाजलाई मुखरित गर्दै नीति निर्माण तहमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भनाइ राखे ।
फोनिजका अध्यक्ष लक्की गुरुङले आदिवासी जनजातिसम्बन्धी विषयलाई सशक्त रूपमा अघि बढाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गरे । उनले आगामी दिनमा तालिम, गोष्ठी, अनुसन्धान र अन्तर्राष्ट्रिय मञ्चमा सहभागितामार्फत आदिवासी पत्रकारिताको दायरा अझ विस्तार गर्ने योजना रहेको सुनाए ।
पत्रकार सम्मानित
त्यस अवसरमा आदिवासी जनजाति मलेसिया पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ सपना थामी र अनलाइनतर्फ ज्ञानेन्द्र तामाङलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि जनही रु १० हजार थियो ।
रु २५ हजार राशिको आदिवासी जनजाति युके पत्रकारिता सम्मान तथा पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ आश गुरुङलाई प्रदान गरियो । सोही विधामा टेलिभिजनतर्फ डोल्मा शेर्पालाई प्रदान गरियो ।
आदिवासी जनजाति बागमती पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत रेडियोतर्फ पूर्णबहादुर मगर (राप्ती एफएम, चितवन) लाई रु पाँच हजार ५५५ सहित सम्मानित गरियो । फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान, २०८२ अन्तर्गत कोचिला सामाद राजवंशी भाषाको त्रैमासिक पत्रिका, झापालाई प्रदान गरियो । पुरस्कारको राशि रु ३१ हजार थियो ।
फोनिज राष्ट्रिय प्रवास पत्रकारिता सम्मान, २०८२ अन्तर्गत मच्छेदेवी गुरुङ (अमेरिका), फोनिज राष्ट्रिय पत्रकारिता सम्मान, २०८२ अन्तर्गत अमरध्वज लामा (रेडियो नेपाल) ले प्राप्त गरे । सोही विधामा गजुर्धन राई (नेपाल टेलिभिजन) लाई प्रदान गरियो । पुरस्कारको राशि रु ३१ हजार थियो । साथै बन्दना दनुवार, मुनेश लायो मगर र सविन प्रियासनलाई जनही रु २५ हजारले सम्मान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण