पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
सारांश
- पर्सा जिल्ला अदालतमा घरेलु हिंसाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएका छन्।
- गत आर्थिक वर्षमा ३४३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए, जसमध्ये २६४ वटा फछ्र्योट भए।
- वैदेशिक रोजगारी र मेलमिलाप नहुनु सम्बन्धविच्छेदका मुख्य कारण हुन्।
पर्सा । पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएका पाइएको छ । पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा पर्सामा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।
दर्ता भएका मुद्दामध्ये दुई सय ६४ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट भएका छन् । गत आवमा सम्बन्धविच्छेदका ७९ वटा मुद्दा फछ्र्योट हुन बाँकी छन् ।
जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार जिल्लामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता भएका छन् । घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरीलगायत निकायमा पनि मेलमिलाप हुने भएकालेसमय सम्बन्धविच्छेदका मुद्दा बढेका हुन् । वैदेशिक रोजगारीलाई पनि सम्बन्धविच्छेदको प्रमुख कारण मानिएको छ ।
जिल्ला अदालतका अनुसार गत आवमा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएकामा ५३ मुद्दा फछ्र्योट भएका छन् । बयालीस वटा मुद्दा भने फछ्र्योट हुन बाँकी छन् । गत आवमा पर्सामा जबर्जस्ती करणीका ९८ वटा मुद्दा दर्ता भएकामा ५६ वटा मुद्दा फछ्र्योट भएका छन् भने ४२ वटा फछ्र्योट हुन बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण