पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सारांश
- भारी वर्षाका कारण बागलुङमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
- पहिरोका कारण बागलुङदेखि बुटवल, पाल्पा र भैरहवासम्मको यातायात प्रभावित भएको छ।
- प्रहरी निरीक्षकका अनुसार, सडक खुलाउन प्रयास जारी छ तर वर्षाका कारण समस्या भइरहेको छ।
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा भीषण पहिरो झर्दा करिडोर अवरुद्ध भएको छ । पाँच दिन अगाडिदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो सञ्चालनमा आएको थियो ।
रातभर वर्षा भएपछि आज बिहान ९ः ०० बजे सडक माथिदेखि पहरासहितको पहिरो खस्दा करिडोर ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ ।
अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरे पनि अहिले पनि वर्षा भइरहेको हुँदा खुलाउन नसकेको प्रहरी निरीक्षक थापाले बताए । सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवालगायतका स्थानमा पुग्ने सवारी साधनसमेत ठप्प हुँदा यात्रु अलपत्र परेको उनको भनाइ छ ।
‘कालाखोला क्षेत्रमा ठुलो पहिरो खसिरहेको छ, पाँच दिन अगाडि खसेको पहिरो हिजो मात्रै खुलाएका थियौँ, आज फेरि ठुलो पहिरो खसेर सडक अवरुद्ध भएको छ’, प्रहरी निरीक्षक थापाले भने, ‘यातायात ठप्प हुँदा यात्रुलाई समस्या भएको छ, ठुला–ठुला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ, कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर खुलाउने छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण