सरकारले संविधानविपरीत अनुसन्धान विभागसम्बन्धी विधेयक ल्याउन लाग्यो : एनपी साउद
सारांश
- सांसद एनपी साउदले इन्टेलिजेन्स विधेयक कानुन बने व्यक्तिको गोपनीयताको हक खण्डित हुने बताए।
- विधेयकले नागरिकका फोन कल, म्यासेज र कुराकानी नियन्त्रण गर्न सक्ने प्रावधान रहेको छ।
- साउदले गुप्तचर विभागमा व्यक्तिका निजी जीवन रेकर्ड हुने कुराले चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको ‘राष्ट्रिय अनुसन्धान विभाग (इन्टेलिजेन्स)सम्बन्धी विधेयक’ कानुन बने संविधानको मर्मविपरीत व्यक्तिको गोपनीयताको हक खण्डित हुने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले आम नागरिकका फोन कल, म्यासेज र अन्य कुराकानी नियन्त्रण, निगरानी र ट्यापिङ गर्न मिल्ने गरी तयार गरिएको विधेयकको मस्यौदाअनुसार कानुन बने संविधानको मर्मविपरीत व्यक्तिको गोपनीयताको हक खण्डित हुने बताएका हुन् ।
‘सरकारले आम नागरिकका फोन कल, म्यासेज र अन्य कुराकानी नियन्त्रण, निगरानी र ट्यापिङ गर्न मिल्ने गरी तयार गरेको ‘राष्ट्रिय अनुसन्धान विभाग (इन्टेलिजेन्स) सम्बन्धी विधेयक’को मस्यौदाअनुसार कानुन बने संविधानको मर्मविपरीत व्यक्तिको गोपनीयताको हक खण्डित हुने देखिन्छ,’ साउदले भने ।
आफ्नो नाम र कामले पनि पारदर्शितापूर्ण कार्यशैली नभएको गुप्तचर विभागमा व्यक्तिका निजी जीवनहरू रेकर्ड हुने, अभिलेखीकरण हुने वा टेप हुने कानुनले संविधानको स्वतन्त्रताको पैरवी गर्ने छविमा गम्भीर आघात पुगेको उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण