केही महिनाभित्रै लाखौँले लालपूर्जा पाउने गरी काम भइरहेको छ : मन्त्री अधिकारी
सारांश
- मन्त्री बलराम अधिकारीले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न आयोग क्रियाशील रहेको बताए ।
- आगामी केही महिनाभित्रै लाखौँले लालपूर्जा पाउने गरी काम भइरहेको मन्त्रीको भनाइ छ ।
- आयोगले ७७ वटै जिल्लामा शाखा विस्तार गरी लालपुर्जा वितरणको काम गरिरहेको छ ।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला शाखाहरूले भूमिहीन, दलित र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न क्रियाशील रहेको बताएका छन् । केही महिनाभित्रै लाखौँले लालपूर्जा पाउने गरी काम भइरहेको मन्त्री अधिकारीको भनाई छ ।
भूमि समस्या समाधान आयोग केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले भूमि समस्या समाधानका लागि यो आयोग नै अन्तिम हुने र यसले सबै खाले समस्याको हल गर्ने दाबी गरे ।
राजनीतिक चेपुवामा परेर धेरै पटक आयोग बन्ने, विघटन हुने शृङ्खला चलिरहेकोमा वर्तमान सरकारले आयोगलाई स्पष्ट निर्देशन सहित विघटन नहुने र सबै समस्या हल गर्ने गरी जिम्मेवारी प्रदान गरेको स्मरण गरे ।
२०८१ साल कार्तिक १३ गते गठन भएको यो आयोगले ८ महिनाको समयमा ७७ जिल्लामा शाखा खोल्ने, भूमिहीनको लगत सङ्कलन गर्ने र लालपुर्जा वितरणको काममा समेत ध्यान दिएको बताए ।
आयोगका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षतामा भएको गोष्ठीमा सात वटै प्रदेशका भूमि व्यवस्था मन्त्रीहरू, सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक, ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण