भक्तपुरमा आफैँ सवार गाडीले किचेर युवकको मृत्यु
सारांश
- भक्तपुरमा कारले किच्दा एक युवकको मृत्यु भएको छ, जो सिन्धुपाल्चोकका थिए।
- धनुषाको जनकपुरधाममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
- प्रहरीले दुवै दुर्घटनाका फरार चालकको खोजी गरिरहेको छ र अनुसन्धान जारी छ।
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका-९ स्थित सडकमा भएको दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
ब्रम्हायणीबाट सुडालतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ६६८४ नम्बरको निशान गाडीले किचेर गाडीमा सवार सोही नगरपालिका-९ च्यामासिंह बस्ने सिन्धुपाल्चोक ब्राहबिसे नगरपालिका-८ सुगुरे घर भएका ३४ वर्षीय सुनिल कार्कीको मंगलबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसै गरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ दुर्गा चोकस्थित सडकमा जिरोमाईलबाट रामान्दचोकतर्फ जाँदै गरेको म.प्र.०२-००८ प ५६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक नगराइन नगरपालिका-९ घोडघास बस्ने २६ वर्षीय असलम साफीको मंगलबार बेलुकी मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गोदावरी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण