बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फिल्मको गीत छायाङ्कन गर्न जयपुर पुगे अनमोल र आँचल

बुधबार, २८ साउन २०८२, १५ : २३
बुधबार, २८ साउन २०८२

सारांश

  • अभिनेता अनमोल केसी फिल्म 'जेरी अन टप'को गीत छायाङ्कनका लागि भारतको जयपुर पुगेका छन्।
  • फिल्म युनिटमा अनमोलसँगै आँचल शर्मा, सरोज न्यौपाने, र सुयोग गुरुङ लगायत छन्।
  • गीतको छायाङ्कन सकेर शनिबार नेपाल फर्किने कार्यक्रम रहेको छ, जसमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिनेछन्।

काठमाडौँ । अभिनेता अनमोल केसी अहिले भारतको जयपुरमा छन् । तिहारको अवसर पारेर असोज ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’को एक गीत छायाङ्कनका लागि उनीसहित फिल्म युनिट त्यहाँ पुगेको हो ।

टोलीमा निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा लगायत रहेका  छन् । कथाको माग अनुसार आवश्यक दृश्य छायाङ्कनको लागि जयपुर पुगेको निर्माता न्यौपानेले बताए ।  गीत छायाङ्कनको प्राप्त तस्बिरमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिन्छन् । गीतको छायाङ्कन सकेर शनिबार नेपाल फर्किने कार्यक्रम छ । 

अनन्या फिल्मस् प्रालिको ब्यानरमा तयार यो फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्कीलगायतको अभिनय छ । 

फिल्म निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले न्यौपानेसँग लगानीमा साझेदारी गरेका छन् । यो फिल्मको कथा हेमराज बिसीको हो । कार्यकारी निर्मातामा अनुराधा गिरी, ईश्वर श्रेष्ठ र  एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । 

फिल्ममा कालीप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको सङ्गीत छ । विश्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायाङ्कन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप