काठमाडौँ र ललितपुरमा लाखौँ रुपैयाँ बराबरको चोरी
बुधबार, २८ साउन २०८२, १५ : १४
सारांश
- काठमाडौँ र ललितपुरमा मंगलबार लाखौंको धनमाल चोरी भएको छ।
- तारकेश्वरमा शर्मिला भट्टको कोठाबाट ३ लाख ६६ हजार बराबरको धनमाल चोरी भयो।
- ललितपुरमा उमा अधिकारीको कोठाबाट ८ लाख १० हजारको सुनका गहना चोरी भएको छ।
काठमाडौँ । मंगलबार एकै दिन काठमाडौँ र ललितपुरमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका-६ धर्मस्थली डेरा गरी बस्ने ३२ वर्षीया शर्मिला भट्टको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३ लाख ६६ हजार २ सय ८६ रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको हो ।
यसै गरी, ललितपुरको ललितपुर महानगरपालिका-१३ कुसुन्ती डेरा गरी बस्ने उमा अधिकारीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ८ लाख १० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण