कपालबाट बनेको मन्जन दलेर बलियो बन्ला त खिइएको दाँत ?
सारांश
- अनुसन्धानकर्ताहरूले कपालको केराटिनबाट बनेको मन्जनले बिग्रेका दाँतलाई फाइदा पुग्ने बताएका छन्।
- केराटिनले दाँतको बाह्य तह 'इन्यामल' मा पुगेको क्षति रिपेयर गर्न र दाँत मक्किन रोक्न सक्ने बताइएको छ।
- वैज्ञानिकहरूले ऊनबाट निकालिएको केराटिन प्रयोग गरी दाँतमा सुरक्षा कवच बनाउन सकिने पत्ता लगाएका छन्।
काठमाडौँ । मान्छेको कपालबाट बनेको मन्जनले बिग्रेका दाँतलाई फाइदा पुग्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । कपाल, छाला र ऊनमा पाइने केराटिन नाम गरेको प्रोटिनले दाँतको बाह्य तह ‘इन्यामल’मा पुगेको क्षति रिपेयर गर्न र दाँत मक्किन थालेको छ भने त्यसलाई रोक्न सक्ने किङ्स कजेल लन्डन (केसीएल)का वैज्ञानिकहरूले बताएका छन् ।
केराटिनले दाँतबाहिर सुरक्षात्मक पत्र बनाउने र थुकमा हुने खनिज पदार्थको संसर्गमा आएपछि त्यो पत्रले इन्यामलको जस्तो रूप र गुण देखाउने पनि अनुसन्धानमा पाइएको छ ।
केराटिनले दाँतको विद्यमान उपचार विधिमा रूपान्तरणकारी विकल्प प्रदान गरेको यो शोधपत्रकी लेखिका तथा केसीएलमा विद्यावारिधि गर्दै गरेकी सेरा ग्यामिया भन्छिन् । ‘प्राकृतिक प्रक्रियाहरूको अनुकरण गर्ने पर्यावरण अनुकूल जैविक पदार्थ प्रदान गर्दै यो विधिले जीवविज्ञान र दन्तचिकित्साबिचको दूरी घटाइदिन्छ,’ उनले बताइन् । कपाल र छालाजस्ता जैविक पदार्थबाट मन्जन दीर्घकालीन रूपमा आउने अनि यसले अहिले प्रयोग गरिँदै आएको प्लास्टिक रेजिनको आवश्यकता पनि हटाइदिनेमा उनले जोड दिएकी छिन् । अहिले बिग्रिएको दाँत बनाउने विधिमा प्लास्टिक रेजिनको प्रयोग हुँदै आएको छ । उनका अनुसार उक्त पदार्थ हानिकारक हुनुका साथै त्यति टिकाउ पनि छैन ।
‘एड्भान्स्ड हेल्थकेअर मटेरिअल्स’मा प्रकाशित यस शोधका लागि वैज्ञानिकहरूले ऊनबाट निकालिएको केराटिन प्रयोग गरेका थिए । केराटिन दाँतमा दलेपछि थुकमा भएका खनिज पदार्थहरूसँग त्यसको संसर्ग हुँदा त्यसबाट निकै सङ्गठित र स्फटिकजस्तो संरचना बन्ने अनि उक्त संरचना दाँतमा प्राकृतिक रूपमै हुने इन्यामलजस्तो हुने र त्यसले जसरी नै काम गर्ने पनि वैज्ञानिकहरूले पत्ता लगाए ।
उनीहरूका अनुसार उक्त संरचनाले क्याल्सिअम र फस्फेट आयनहरूलाई आकर्षित गरिरहन्छ र त्यसबाट दाँतबाहिर इन्यामलजस्तै खालको सुरक्षा कवच बन्छ ।
अमिलो खानेकुरा र पेयपदार्थ सेवन गर्दा, मुख सफा नहुँदा र बढ्दो उमेरका कारण दाँतको इन्यामल खिइने र मक्किने हुन्छ । त्यसबाट दाँतमा संवेदनशीलता उत्पन्न हुन्छ, दुखाइ हुन्छ र अन्ततः झर्ने समस्या समेत देखा पर्छन् ।
‘हड्डी र कपाल फेरि बन्छन् तर इन्यामल फेरि बन्दैन । एकचोटि गुमेपछि त्यो सदाका लागि गुम्छ,’ वरिष्ठ लेखक तथा केसीएलमा प्रस्थोडन्टिक्सका विशेषज्ञ दन्तचिकित्सक डा शेरिफ एल्शार्कावीले भने । ‘हामी एउटा रोचक युगमा प्रवेश गर्दै छौँ जसमा जैविक प्रविधिले हामीलाई लक्षणहरूको उपचार गर्न समर्थ मात्र बनाउने होइन, शरीरमै हुने पदार्थ प्रयोग गरी जैविक कार्य पुनः हुन सक्ने बनाउन पनि सक्छ,’ अझ अगाडि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण