साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसक्यो : सचेतक बराल
सारांश
- नेकपा एमाले सचेतक सुनिता बरालले साइबर सुरक्षा राष्ट्रिय समस्या भएको बताइन्।
- उनले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ मा अन्तर्राष्ट्रिय मापदण्डलाई अवलम्बन गर्नुपर्ने बताइन्।
- बरालले विद्युतीय अभिलेख राख्ने कुरालाई कानुनी मान्यता दिँदा डाटा मेटाउने र संशोधनको अधिकारको प्रश्न गरिन्।
काठमाडौँ । नेकपा एमाले सचेतक सुनिता बरालले साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसकेको बताएकी छन् । बुधवार सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले उपयुक्त समयमा सरकारले विधेयक पेस गरेको बताइन्।
सूचना प्रविधि, साइबर सुरक्षा, व्यक्तिगत विवरण र संवेदनशीलताका विभिन्न विषयहरू उल्लेख गरिएको भए पनि यसलाई अझ बढी परिभाषामा अन्तर्राष्ट्रिय मापदण्डलाई अवलम्बन गर्ने कुरामा थप परिष्कृत गर्नुपर्ने बताइन् । उनले विद्युतीय अभिलेख राख्ने कुरालाई कानुनी मान्यता दिएको पनि बताइन् । सुरक्षित र भण्डारण गर्ने भने पनि डाटा मेटाउने र संशोधनको अधिकार व्यक्तिमा नदिँदा व्यक्तिको सूचना प्रणालीलाई कति व्यवस्थित गर्न सकिन्छ ? भन्दै प्रश्न गरिन् ।
उनले भनिन्- ‘साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसकेको छ । त्यसकारणले उपयुक्त समयमा सरकारले विधेयक पेस गरेको छ । सूचना प्रविधि, साइबर सुरक्षा, व्यक्तिगत विवरण र संवेदनशीलताका विभिन्न विषयहरू उल्लेख गरिएको भए पनि यसलाई अझ बढी परिभाषामा अन्तर्राष्ट्रिय मापदण्डलाई अवलम्बन गर्ने कुरामा थप परिष्कृत गर्नुपर्ने मेरो बुझाइ छ ।’
सचेतक बरालले सुरक्षित हस्ताक्षर र डिजिटल हस्ताक्षरलाई मान्यता दिँदा विदेशीहरूले प्रमाणीकरण मान्यता दिँदा कसरी व्यवस्थित गर्ने ? भन्दै प्रश्न गरिन्। -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण