राैतहटमा बस र स्कारपियो ठोक्किँदा दुर्घटना
बुधबार, २८ साउन २०८२, १८ : ३७
रौतहट । गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत इद्रिश गेट नजिक बस र स्कारपियो एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
यमुनामाई गाउँपालिका वडा नम्बर ५ स्थित इद्रिश गेट नजिक बुधबार दिउँसो चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेको ना.४ ख.५३१८ नम्बरको बस र गौरबाट उत्तरतर्फ गइरहेको प्रदेश २–०३–००१व–६०४१ नम्बरको स्कारपियो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता प्रहरी निरीक्षक रुद्र कँडेल ले बताए।बस र स्कारपियोमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ। तर, दुवै सवारीमा क्षति पुगेको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण