म राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको रेसमा छैन: शर्मा
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफू राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको दौडमा नरहेको बताए।
- शर्माले यसअघि समिति सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताए।
- शर्मा, ईश्वरी न्यौपाने र जीवन परियारले सभापतिको दौडमा नरहेको बताएपनि स्रोतले उनीहरूको आकांक्षा रहेको दाबी गरेको छ।
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको दौडमा नरहेको बताएका छन् ।
बुधबार रातोपाटीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति को ? काँग्रेसबाट पाँच सांसद आकाङ्क्षी शीर्षकमा समाचार प्रकाशित गरेपछि सांसद शर्माले रातोपाटीलाई टेलिफोनमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । उनले समिति सभापति बन्नका लागि आफ्नो पार्टीका अन्य सांसदहरू योग्य रहेको उल्लेख गर्दै आफू रेसमा नरहेको स्पष्ट पारे ।
सांसद शर्माले भने, 'रामहरि खतिवडाले सभापति पदबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पक्षमा म दृढतापूर्वक उभिएको हुँ तर त्यो पदको आकांक्षी होइन, हाम्रा अन्य साथीहरु नै त्यसका लागि योग्य हुनुहुन्छ l'
शर्मासँगै सांसद ईश्वरी न्यौपाने र जीवन परियारले पनि आफूहरू सभापति बन्ने दौडमा नरहेको बताएका छन् । तर, स्रोतले भने यी दुवै सांसदले आकांक्षा राखेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण