समीक्षा र रचनाको स्वरमा महराको ‘आयो तीज’ सार्वजनिक
सारांश
- समीक्षा अधिकारी र रचना रिमालको स्वरमा नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ।
- गीतमा सुष्मा महराको शब्द, पुरुषोत्तम न्यौपानेको सङ्गीत र केशव बाबुको एरेन्ज रहेको छ।
- भिडियोमा गीतकार महरा र प्यारीको अभिनय, शक्ति प्रज्वोल घिमिरेको निर्देशन रहेको छ।
काठमाडौँ । चर्चित गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा सुष्मा महराको शब्द रहेको छ ।
मौलिक शब्दहरू समेटिएको गीत लोक रोमान्टिक शैलीमा तयार छ । छमछम नचाउने खालको बनेको गीतमा पुरुषोत्तम न्यौपानेको सङ्गीत छ । गीतको एरेन्ज केशव बाबुले गरेका हुन् ।
गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । भिडियोमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको भिडियाको निर्देशन शक्ति प्रज्वोल घिमिरेले गरेका हुन् । भिडियोमा चक्र बहादुर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् । फेसियल हाउसले निर्माण गरेको भिडियो म्युजिक नेपालको अफिसिय युट्युब च्यालबाट सार्वजनिक गरिएको छ ।
कार्यक्रममा गीतकार महरलाले गीतका शब्द केबल शब्द मात्र नभएर आफ्नो जीवन भएको बताइन् । उनले आफ्नो जीवनका विगत गीतको शब्द मार्फत उतारेकोले गीत तथा भिडियो हेर्नेले आफ्नो जीवन छर्लङ बुझ्ने बताइन् । महराको यो दोस्रो तीज गीत हो । महराले पहिलो गीत झैँ यो गीतमा पनि दर्शकले धेरै माया दिने धारणा राखिन् ।
संगीतकार न्यौपानेले गीतका शब्द मौलिक र मार्मिक भएकोले आफूले मर्म नमर्ने गरेर रोमान्टिक शैलीका गीतमा तयार पारेको बताउँदा भिडियो निर्देशक घिमिरेले घिमिरेले गीत मौलिक भएकाले आफूले नेपाली कलासंस्कृति झल्कने गरेर भिडियो निर्माण गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण