वैदेशिक रोजगारीको नाममा करोडौं ठगी फरार रहेका सिंह पोखराबाट पक्राउ
सारांश
- प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।
- कास्कीबाट पक्राउ परेका अभियुक्तले ६६ जनाबाट ४ करोड १७ लाखभन्दा बढी रकम ठगी गरेको आरोप छ।
- पक्राउ परेका त्रिलोक सिंहलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई कास्कीबाट पक्राउ गरेको हो।
डम्बर देउवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। मुद्दा चलेपछि फरार रहेका सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनामा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय, शिशुवा, कास्कीसँगको समन्वयमा साउन २८ गते सिंहलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका २९ वर्षीय सिंहको स्थायी ठेगाना बझाङ जिल्ला, बङ्गल नगरपालिका वडा नं ६ भए पनि हाल उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं। १ मा बस्दै आएका थिए।
प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा बुझाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण