सङ्घीय राजधानी काठमाडौँकै सडकको यो अवस्था (तस्बिरहरू)
सारांश
- काठमाडौँको शंखमुल गणेशमार्गको सडक महिनौंदेखि हिलाम्मे छ, जसले स्थानीयलाई सास्ती दिएको छ।
- वडा र निर्माण व्यवसायीको लापरबाहीका कारण ढल निर्माणपछि सडक मर्मत हुन सकेको छैन।
- २०८२ असोज मसान्तसम्म काम सक्ने सम्झौता भए पनि काम अघि बढेको छैन।
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँकै ३१ नं वडाको शंखमुल गणेशमार्गकाे सडक महिनौँदेखि हिलाम्मे छ । वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।
३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालका अनुसार स्थानीय माग अनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिए । सो सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।
_Npjjus6moL.jpg)
२०८२ असोज मसान्तसम्म काम सक्ने गरी श्री टुँडाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चातको काम अगाडी बढ्न सकेको छैन ।
_zYzFq1Z1x9.jpg)
स्थानीय व्यापारी सरोज तिमल्सिना अनुसार वडा र ठेकेदारले राम्रो काम नगरेको बताउँदै, ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको उनले जनाए । वैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै हुनुमा वडा र ठेकेदार कम्पनीले लापरबाही गरेको स्थानीयले गुनासो गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_wC7GukgAWj.jpg)
_fPv8jkwRvj.jpg)
_cPANJrKmDz.jpg)
_DPiT5kcZ62.jpg)
_1bgL1B4jSI.jpg)
_OPm73THPMj.jpg)
-(1)_p9U1D1BgIF.jpg)
_qLyd6NMbRD.jpg)
_HagOeB8y3N.jpg)
_vlstnZNF0e.jpg)
_fH7imuleaB.jpg)
_7vCfFftZZy.jpg)
_iaeY3hzcIN.jpg)
_Cq2CmqhTNp.jpg)
_0BESSxso5N.jpg)
_ED4b4fItyC.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण