बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निष्क्रिय कर्जा बढ्दा नेपाल एसबीआई बैंकको नाफा खस्कियो

बिहीबार, २९ साउन २०८२, १० : १३
बिहीबार, २९ साउन २०८२

सारांश

  • नेपाल एसबीआई बैंकको आर्थिक वर्ष २०८१/८२ मा नाफा घटेर १ अर्ब ८० करोड पुगेको छ।
  • बैंकको नाफा घट्नुको मुख्य कारण निष्क्रिय कर्जा वृद्धि र इम्पेरिमेन्ट चार्जमा कमी हो।
  • बैंकले १ खर्ब ९९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेको छ।

काठमाडौँ । नेपाल एसबीआई बैंकको नाफा घटेको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षमा १ अर्ब ८० करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको बैंकको नाफा गत वर्षको भन्दा करिब ११ प्रतिशत घटेको हो।

बैंकको व्यवसायबाट प्राप्त बढे पनि निष्क्रिय कर्जामा भएको वृद्धिका कारण खुद नाफा घटेको देखिएको छ । गत वर्ष इम्पेरिमेन्ट चार्जमा १ अर्ब २ करोड रुपैयाँ छुट्टाएको बैंकले यो वर्ष ६४ करोड रुपैयाँ मात्रै छुट्टाएको छ । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २६ करोड बराबर गरेको छ। कमिसन तथा शुल्कतर्फको आम्दानी १ अर्ब २१ करोड गरेको बैंकले सञ्चालन तथा कर्मचारी खर्चमा झन्डै २ अर्ब ७३ करोड रुपैयाँ खर्चेको छ । 

१० अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ। 

असार मसान्तसम्ममा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ गरेको छ। 

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ जुन प्रतिशेयर आम्दानी ११.२९ रुपैयाँ बराबर हो । बैंकको प्रतिशेयर आम्दानी भने १३.५४ रुपैयाँ रहेको छ। 

बैंकको निष्क्रिय कर्जा ३.३५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो दर १.९७ प्रतिशत रहेको थियो । बैंकको पुँजीकोष अनुपात १३.०३ प्रतिशत, कस्ट अफ फण्ड ५.१८ प्रतिशत, बेसरेट ६.२९ प्रतिशत र ब्याजको स्प्रेडदर ३.५२ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप