अपडेट
११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिक ठमेलबाट पक्राउ
बिहीबार, २९ साउन २०८२, ११ : १९
सारांश
- काठमाडौँको ठमेलबाट प्रहरीले ११५ केजी बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा चीनका बाबुछोरा रहेको र उनीहरुले अवैध रूपमा बुद्धचित्तको दाना सङ्कलन गरेको भेटिएको छ।
- प्रहरीले उनीहरुको साथबाट नगद र बुद्धचित्तको दाना बरामद गरी थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१७ स्थित ठमेलबाट ११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको हेनान प्रदेश घर भएका ४६ वर्षीय लिउ जिङताओ र २३ वर्षीय लिउ स्याओस्वाई छन् ।
आरोपीहरूको साथबाट ११५ केजी बुद्धचित्तको दाना र १२ लाख ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई ठमेलस्थित जेपी मोडमा रहेको चिनियाँ होटलबाट पक्राउ गरेको हो ।
आरोपीहरू बाबुछोरा हुन् । काठमाडौँमा पर्यटक भिसामा बसेर उनीहरूले अवैध काम गर्ने गरेको बताइएको छ । उनीहरूले अवैध तरिकाले बुद्धचित्तको दाना सङ्कलन गरेर राखेको भेटिएको छ । आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण