एपस्टिन मामिलामा बाइडेनको छोराविरुद्ध मुद्दा हाल्ने मेलनिया ट्रम्पको चेतावनी
वासिङ्टन डिसी । अमेरिकाकी प्रथम महिला मेलनिया ट्रम्पले हन्टर बाइडेनविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएकी छन् । जेफ्री इपस्टाइन मामिलामा उनले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको छोरा हन्टरलाई यो धम्की दिएकी हुन् ।
ट्रम्प आफैँले मेलनियालाई एपस्टाइनसँग चिनाएको दाबी हन्टरले गरेका थिए । यस मामिलामा मेलनियाले हन्टरलाई १ अर्ब डलरभन्दा बढी तिराउने भनेकी छिन् ।
मेलनिया र ट्रम्पले २००५ मा बिहे गरेका थिए । यी दाबीहरू झुटो भएको, बेइज्जत गर्ने खालको अपमानजनक र उक्साउने खालको भएको मेलनियाका वकिलहरूले बताएका छन् । यही महिनाको सुरुमा एउटा अन्तरवार्तामा हन्टरले मेलनियाबारे त्यस्तो अभिव्यक्ति दिएका थिए । यस क्रममा उनले ट्रम्पको एपस्टाइनसँगको सम्बन्धको निकै आलोचना गरेका थिए । ट्रम्प र एपस्टाइन साथी थिए । तर २००० को दशकको शुरआतमा यी दुईको मित्रता टुट्यो ।
मेलनियाका वकिलहरूले न्यायाधीवक्तालाई पठाएको पत्रमा हन्टरले प्रथम महिलासँग माफी माग्नु पर्ने होइन भने १ अर्ब डलरभन्दा बढीको क्षतिपूर्ति तिराउने कानून कारबाही भोग्न तयार हुनु पर्ने भनिएको छ । हन्टरले बारम्बार गरेको सो दाबीका कारण मेलनियालाई वित्तीय क्षति भएको अनि उनको प्रतिष्ठामा धक्का लागेको पत्रमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण