आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ
सारांश
- पशुपति आर्यघाटमा शवको हड्डी चोरी गरी खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सर्लाही र सप्तरीका व्यक्तिहरू छन्, जसले चोरीको हड्डी खरिद गरेका थिए।
- यसअघि, शवबाट हड्डी निकालेर बेच्ने व्यक्तिहरू पनि पक्राउ परेका थिए, जसले ५०० मा बेचेका थिए।
काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भएर कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भएर गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन् ।
आरोपीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
यसअघि साउन २३ मा चितामा जल्दै गरेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने गणेश प्रसाद ढलका र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए ।
काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेको आरोप छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको खुलेको छ ।
ढकाल २५ वर्षदेखि पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाएबापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् ।
प्रहरीले ठाकुरले प्लास्टिकमा पोको बनाएर राखेको अवस्थामा हड्डीको धुलो र खरानी बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण