कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराई मन्त्रालयबाटै ‘आउट’
सारांश
- कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई गृह मन्त्रालयबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ।
- कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने कैदीबन्दीले ४८ घण्टासम्म कारागार कब्जामा लिएका थिए।
- कारागारभित्रको सुरक्षा अवस्थालाई लिएर प्रश्न उठिरहेका बेला महानिर्देशकको सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौँ । कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव नारायणप्रसाद भट्टराईलाई गृह मन्त्रालयबाट ‘आउट’ गरिएको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले भट्टराईलाई विभागको महानिर्देशकबाट निर्वाचन आयोगमा सरुवा गरिएको हो ।
मन्त्रिपरिषद्ले ७२ सहसचिवको मन्त्रालय र निकाय फेरबदल गर्दा भट्टराई पनि परेका हुन् । भट्टराई नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृह मन्त्रालयका प्रवक्ता थिए । विभाग अन्तर्गतका तीन कारागारमा घटना घटेका सार्वजनिक भइरहेका बेलामा महानिर्देशकको सरुवा भएको हो ।
गत शुक्रबार कैलाली कारागारमा भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै चार दर्जन बढी घाइते भएका थिए । त्यहाँ कैदीबन्दीले ४८ घण्टासम्म कारागारलाई कब्जामा लिएका थिए ।
गृह मन्त्रालयले बुधबार मात्रै कैलालीका प्रमुख जिल्ला अधिकारी सहसचिव गोगन हमाललाई मन्त्रालयमा तानेर दाङमा प्रमुख जिल्ला अधिकारी रहेका कृष्णप्रसाद लम्साललाई कैलालीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । बुधवार मात्रै सुनसरीको झुम्का र मोरङको जिल्ला कारागारमा पनि विवादका घटना सार्वजनिक भएका थिए ।
पछिल्लो समयमा कारागारमा सुरक्षा अवस्थालाई लिएर विभिन्न स्थानमा प्रश्न उठिरहेका बेलामा महानिर्देशकलाई नै सरुवा गरिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीले पाउनुपर्ने सेवा सुविधा नदिएको भन्दै प्रश्न उठिरहेका छन् ।
मन्त्रालय स्रोतले भट्टराईले कारागार प्रशासनलाई चुस्तदुरुस्त बनाउन नसकेको बताइरहेको थियो । भट्टराईले भने विभागबाट सरुवा मागिरहेका थिए । अन्य स्थानमा सरुवा मागेका उनलाई मन्त्रालयबाट नै पन्छाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण