गाजामा इजरायली आक्रमणबाट आठ जनाको मृत्यु
बिहीबार, २९ साउन २०८२, १७ : ४१
सारांश
- इजरायली सेनाको आक्रमणमा गाजा सहरमा कम्तीमा आठ जनाको मृत्यु भयो।
- प्यालेस्टिनी समाचार एजेन्सीका अनुसार, इजरायली ड्रोन आक्रमणले आठ जनाको ज्यान लियो।
- विगत २४ घण्टामा सहायता वितरण स्थलमा भएको बम आक्रमणमा सात जनाको मृत्यु भयो।
गाजा । गाजा सहरको जेइत्नस्थित एक घरमा आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको इजरायली अकुपेसन फोर्स (आइओएफ) ले बिहीबार जनाएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले स्थानीय स्रोतलाई उद्धृत गर्दै इजरायली ड्रोनले प्रहार गरेपछि उद्धार र नागरिक सुरक्षा टोलीले आठ मृत शरीर घटनास्थलबाट लगेको बताएको छ ।
गाजाको दक्षिणमा र मध्य गाजा पट्टीमा सहायता वितरण स्थलमा भेला भएका मानिसहरूलाई लक्षित गरी बम प्रहार गरेको कारण विगत २४ घण्टामा सात जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएको नुसिरातको अल–अवदा अस्पतालमा रिपोर्ट गरिएको छ ।
स्रोतका अनुसार ६ जना घाइतेहरूलाई थप उपचारका लागि अल–अक्सा शहीद अस्पतालमा सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण