मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचार क्रममा मृत्यु
सर्लाही । सर्लाहीको ईश्वरपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका-७ पोखरी टोलका २४ वर्षीय अमनदिप रामको बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राम गत मंगलबार दिउँसो करिब २ बजे पोखरियाबाट राईटरखोरतर्फ जाँदै गर्दा ईश्वरपुर-१ चौलिखास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेका थिए । तीव्र गतिका कारण उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालामा खसेको थियो ।
दुर्घटनामा परी रामको टाउको, छाती, खुट्टालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई तत्कालै उद्धार गरी बयलबासस्थित अमृत मेडिकलमा प्रारम्भिक उपचारका लागि लगिएको थियो ।
अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई बाराको एलएस न्युरो अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा बिहीबार साँझ करिब पौने सात बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ ।
प्रहरीका अनुसार चालक रामले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र पनि नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शवको पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण