टप एण्ड टी–ट्वान्टी सिरिज : नर्दन टेरिटोरी स्ट्राइकसँग भिड्दै नेपाल
सारांश
- नेपालले अस्ट्रेलियामा हुने टी-२० सिरिजमा पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ।
- नेपालले समूह चरणमा ६ खेल खेल्नेछ र शीर्ष चारमा पर्न सके सेमिफाइनलमा पुग्नेछ।
- रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ, जसमा कुशल मल्लको पुनरागमन भएको छ।
काठमाडौँ । अस्ट्रेलियामा हुने टप एण्ड टी–ट्वान्टी सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार अस्ट्रेलियाको स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्दैछ । नेपाल क्रिकेट सङ्घ क्यानले दिएको जानकारी अनुसार खेल नेपाली समयअनुसार २:१५ बजे सुरु हुनेछ ।
यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ ।
नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ । त्यसैगरी, नेपालले आफ्नो दोस्रो खेल अगस्त १६ मा बङ्गलादेशको ‘ए’ टोली विरुद्ध खेल्नेछ । नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छ भने चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ ।
त्यसैगरी, पाँचौँ खेल अगस्त २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ भने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ । नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको क्यानले जनाएको छ ।
क्यानले यसअघि नै रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । क्यानले सार्वजनिक गरेको टोलीमा कुशल मल्ल कमब्याक गरेका छन् । क्यानले नेपाली टोलीको उप कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिएको छ ।
नेपाली टोली
रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलसन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम,साहब आलम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण