शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा

शुक्रबार, ३० साउन २०८२, ११ : ४९
शुक्रबार, ३० साउन २०८२

सारांश

  • शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त उपलब्धिहरूको कार्यान्वयनमा पार्टी दृढ रहेको बताए।
  • उनले क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको स्मरण गराए।
  • मगर समुदाय र आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन कांग्रेस प्रतिबद्ध रहेको देउवाको भनाइ छ।

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको बताएका छन् । 

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरङ्कुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्य स्मरण गराए । उनले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताए । 

मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन र अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ रहेको रहेको उल्लेख गरे । मगर लगायत आदिवासी समुदायको परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नेपाली कांग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार रहेको उनले बताए । 

सभापति देउवाले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न आदिवासी समुदायसँग नेपाली कांग्रेसले सहकार्य गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप