६३ लाख ठगीमा संलग्न वसन्त केसी ६ महिनादेखि फरार
काठमाडौँ । अदालतबाट पक्राउ पुर्जी जारी भएको ६ महिना पूरा हुँदा पनि एक जना कांग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छैन । नुवाकोट घर भएका नेपाली कांग्रेसमा आबद्ध वसन्त राज केसी ठगी मुद्दामा फरार छन् ।
आफ्नो ६३ लाख ठगी गरेको भन्दै डडेलधुरा घर भएकी आशा पार्कीले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन् । काठमाडौँ जिल्ला अदालतले केसी विरुद्ध २०८१ फागुन ५ मा पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी पक्राउ परेका छैनन् ।
केसीले बोक्ने दुई वटा मोबाइल नम्बर प्रहरीसँग छ । तर, आरोपी पक्राउ परेका छैनन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरू उनको खोजी भइरहेको बताउँछन् ।
यसैबिच समाचार प्रकाशित भएपछि केसीले जाहेरवाला भनिएकी पार्कीसँग आफ्नो कुनै चिनजानको साइनो समेत नभएको दाबी गरेका छन् । बरु उनको जगत बहादुर पार्कीसँग रकम लिनुपर्ने अवस्थामा आफूलाई नै पीडित बनाएको केसीको भनाइ छ ।
'निजसँग मेरो कुनै मोबाइल सम्पर्क समेत नभएको र आर्थिक लेनदेन समेत नभएको अवस्थामा निज जाहेर वाला भनिने आसा पार्की नभएर जगत बहादुर पार्कीले मेरो अभिमन्यु कन्स्ट्रक्सन कम्पनीको नाममा मलाई दिएको चेक दिएका छन्' उनले भने, 'मैले नै निज जगत पार्कीसँग रकम लिनुपर्ने अवस्थामा मलाई नै पावरको दम्भमा पीडित बनाएको छ। निज जगत पार्की र आसा पार्कीको संलग्नतामामा मलाई फसाइएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण