अपडेट
सुकुम्वासी बस्ती हटाउँदा तनाव : ३ नगर प्रहरी घाइते
शुक्रबार, ३० साउन २०८२, १३ : ०९
सारांश
- काठमाडौंको मनोहरामा सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा केही नगर प्रहरी घाइते भएका छन्।
- अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका थिए।
- महानगरले करिब २० देखि २५ वटा घर टहरामा डोजर चलाइसकेको छ र अहिले पनि अवस्था तनावग्रस्त छ।
काठमाडौँ । काठमाडौँको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् ।
_0gdXE2hVfh.jpg)
घटनास्थलमा रहेका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न भएको हो । ‘बस्ती हटाउनुअघि पटक–पटक सूचना दिइएको थियो तर अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो,’ उनले भने ।
डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर,टहरामा डोजर चलाइसकेको छ । अहिले पनि सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
_XIJJcbjVwa.jpg)
_5VbIvy2feg.jpg)
_7kOz7B0rLR.jpg)
_dswNqcpuRC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण