बागमतीमा मन्त्रिपरिषद विस्तारको तयारी, कांग्रेसका पाँच जनालाई बोलाइयो हेटौंडा
सारांश
- बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी सुरु भएको छ।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
- कांग्रेस र एमालेबीचको भागबन्डा अनुसार कांग्रेसले ८ र एमालेले ६ मन्त्री पाउनेछन्।
मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियक्त गर्ने तयारी थालेको उनी निकट स्रोतले जनाएको छ ।
बागमती सरकारमा अहिले मुख्यमन्त्री बानियाँसहित कांग्रेसबाट जम्मा तीन जना सामेल छन् । बानियाँले मुख्यमन्त्री नियुक्त भएसँगै एमालेका ६ र कांग्रेसका दुई जना सामेल गरी मन्त्रिपरिषद गठन गरेका थिए ।
कांग्रेस र एमालेबिच भएको भागबन्डा अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्री पाउँछ । सो अनुसार एमालेको कोटा पूरा भइसकेको छ भने काँग्रेसले पाँच मन्त्री नियुक्त गर्न बाँकी छ ।
मुख्यमन्त्री बानियाँले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनीहरूलाई शुक्रबार नै हेटौंडामा बोलाइएको स्रोतले जनाएको छ ।
प्रदेश प्रमुख कार्यालय स्रोतले भने मन्त्रिपरिषद विस्तारबारे नाम आइनसकेको तर आजै नियक्ति र शपथ हुने सम्भावना भने रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण