शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल कमर्स क्याम्पसलाई त्रिविको जवाफ : शुल्क वृद्धि रोक्ने निर्णय भएको छैन

शुक्रबार, ३० साउन २०८२, १३ : ४०
शुक्रबार, ३० साउन २०८२

सारांश

  • त्रिभुवन विश्वविद्यालयले नेपाल कमर्स क्याम्पसको शुल्क वृद्धि रोक्ने निर्णय नगरेको जनाएको छ।
  • यसअघि, विद्यार्थी युनियन र क्याम्पस प्रशासनबीच शुल्क वृद्धि रोक्ने सहमति भएको थियो।
  • स्ववियु सभापतिले विश्वविद्यालयको निर्णयप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिए।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नेपाल कमर्स क्याम्पस मिनभवनलाई शुल्क वृद्धि रोक्न कुनै निर्णय नभएको जवाफ दिएको छ । यसअघि उक्त क्याम्पसमा बीबीएसतर्फ भएको वार्षिक १० प्रतिशत शुल्क वृद्धिको स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस प्रशासनबिच रोक्ने सहमति भएको थियो ।

सोही अनुसार क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको रजिस्टार कार्यालयले सिफारिस गरेको थियो । तर रजिस्टार कार्यालयले शुल्क वृद्धि रोक्ने निर्णय नभएको जनाएको हो । 

रजिस्टार कार्यालयको जवाफप्रति स्ववियु सभापति विशाल रोकायाले कडा आपत्ति जनाउँदै विद्यार्थीमाथि अनावश्यक आर्थिक बोझ थोपर्ने निर्णय तत्काल सच्याउन आग्रह गर्दै आवश्यक परे आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

530680717_774011238538376_6635536370072334313_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप