नेपाल–डेन्मार्क सम्बन्ध विस्तारबारे छलफल
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा ग्लोबल बिजनेस र डायस्पोरा समितिका सभापति, साथै नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेन्मार्कस्थित नेपाली राजदूत सुम्निमा तुलाधरबीच भेटवार्ता भएको छ।
भेटमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउने रणनीतिबारे छलफल गरिनुका साथै, उत्पादनशील क्षेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्क निर्माण गर्ने विषयमा विचार–विमर्श भयो। त्यस्तै, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटका लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्नेबारे पनि चर्चा गरियो।
डेन्मार्कमा बसोबास गर्ने नेपाली प्रवासीको समस्या समाधान, हकहित संरक्षण तथा डेन्मार्कमा नेपाली उत्पादनको प्रभावकारी प्रवर्द्धनका लागि योजनाबारे पनि दुवै पक्षबीच संवाद भयो। साथै, डेन्मार्कस्थित नेपाली दूतावास र उद्योग परिसंघ बीचको संस्थागत सम्बन्धबारे समेत छलफल गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण