विद्यालयको निःशुल्क खाजा खाँदा इन्डोनेशियामा ३६५ जना बिरामी
जकार्ता । इन्डोनेशियाको मध्य जाभामा विद्यालयमा वितरण गरिएको निःशुल्क खाजा खाँदा ३६५ जना बिरामी परेका छन्। राष्ट्रपति पाबोवो सुबियान्तोले सुरु गरेको निःशुल्क खाजा कार्यक्रममा यसअघि पनि खाद्य विषाक्तता (फुड प्वाइजनिङ) का घटना देखिएका थिए, तर यति धेरै मानिस एकैपटक बिरामी परेको यो पहिलो घटना हो।
घटना भएपछि मध्य जाभाको श्रागेनमा निःशुल्क खाजा वितरण कार्यक्रम अस्थायी रूपमा रोकिएको छ। स्थानीय अधिकारीका अनुसार विषाक्तताको कारण पत्ता लगाउन खाजाको नमुनाको परीक्षण भइरहेको छ।
राष्ट्रपतिको यो कार्यक्रममा करिब २८ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ। लगातार देखिएका फुड प्वाइजनिङका घटनाले कार्यक्रममाथि छायाँ पारेको छ भने, यसको उच्च लागतका कारण पनि आलोचना बढेको छ। यस कार्यक्रमका लागि धेरै मन्त्रालयको बजेट कटौती गरिएको थियो, जसले सरकारी खर्चमा थप दबाब सृजना गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण