श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरूलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।
उनले हरेक श्रमिकको जिम्मेवारी सरकारको भएको बताए । उनले श्रमिक स्वस्थ भए प्रतिष्ठान स्वस्थ हुने र मुलुक स्वस्थ हुने जिकिर गरे । उनले सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा पनि जोड दिए । सरकार अहिले श्रम ऐन र विभिन्न ट्रेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा रहेको पनि बताए ।
उनले भने,‘हरेक श्रमिकको जिम्मेवारी हाम्रो हो । त्यो श्रमिक स्वस्थ भयो भने प्रतिष्ठान पनि स्वस्थ हुन्छ । मुलुक स्वस्थ हुन्छ । हामी सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्छ । तपाईँहरूको प्रतिष्ठानले उदाहरणीय काम गर्नुभएको छ । तपाईँहरूको प्रतिष्ठानको उदाहरण मन्त्रालयले अरू प्रतिष्ठानले पनि गर्न सक्छ भनेर उदाहरण दिन सक्छ । आगामी दिनमा हामीले धेरै कुराहरू परिवर्तन गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय मान्यताहरू अघि बढाउनुपर्ने भएको छ । हामी अहिले श्रम ऐन संशोधन गर्ने प्रक्रियामा छौँ, विभिन्न ट्रेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा छौँ ।’
मन्त्री भण्डारीले श्रमिकको हितलाई मध्यनजर गरी सबैको हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण