हक्की संघलाई धुलिखेल नगरपालिकाले मैदान बनाउन २०० रोपनी जग्गा दिने
शुक्रबार, ३० साउन २०८२, १७ : २०
सारांश
- धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन नेपाल हक्की संघलाई जग्गा दिने सम्झौता गरेको छ।
- हक्की संघ र धुलिखेल नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ, जसमा महासचिव सुवर्ण श्रेष्ठ र मेयर अशोक ब्यन्जुको संलग्नता रहेको छ।
- नगरपालिकाले वडा १२ मा हक्कीको रङ्गशाला, होस्टेलसहितको एकेडेमी र प्रशिक्षण स्थल निर्माणका लागि करिब २ सय रोपनी जग्गा उपलब्ध गराउने भएको छ।
काठमाडौँ । नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले जग्गा दिने भएको छ । त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबिच बिहीबार सम्झौता भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नगरपालिकाले वडा १२ मा करिब २ सय रोपनी जग्गा ४० वर्षका लागि दिने सम्झौता भएको महासचिव श्रेष्ठले जनाएकी छन् ।
प्राप्त जग्गामा हक्कीको रङ्गशाला, होस्टेलसहितको एकेडेमी र प्रशिक्षण स्थल निर्माण गर्ने महासचिव श्रेष्ठले बताइन् । १ हजार क्षमताको प्यारापिट बनाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण