शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेका अशोक कुमार साह दोषी ठहर

शुक्रबार, ३० साउन २०८२, १७ : ५३
शुक्रबार, ३० साउन २०८२

काठमाडाैँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षक पदमा नियुक्ति लिएको ठहर गर्दै अशोक कुमार साहलाई दोषी ठहर गरेको छ ।

अदालतले साहलाई शैक्षिक प्रमाणपत्रमा दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवाना गर्ने फैसला सुनाएको छ । विशेष अदालतका सदस्य न्यायाधीश तेजनारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले २०८१ साल जेठ २२ गते दर्ता भएको मुद्दामा शुक्रबार फैसला सुनाएको हो ।

अदालतको फैसलामा भनिएको छ- अशोककुमार साहले २०६९ कात्तिक २५ गते राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षकका रूपमा नियुक्ति पाउँदा कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, भारतबाट प्राप्त सन् २००४ को नवीन उत्तरमध्यमाको प्रमाणपत्र पेस गरेका थिए ।'

तर, सो शैक्षिक कार्यक्रम सो विश्वविद्यालयमा दर्ता नै नरहेको प्रमाणित भएको अदालतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप