कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा महर्जन नियुक्त
शुक्रबार, ३० साउन २०८२, १९ : १४
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकका पुकार महर्जन नियुक्त भएका छन् । शुक्रबार संसदीय दलका नेता एवम् प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
कांग्रेस संसदीय दलको विधान २०७९ को धारा ११ को उपधारा (१) बमोजिम महर्जनलाई प्रमुख सचेतक नियुक्त गरिएको हो । पूर्वमन्त्री समेत रहेका महर्जन काठमाडौँ १० (क)बाट निर्वाचित भएका हुन् ।
यसअघि गत साउन २४ मा प्रमुख सचेतक नियुक्त भएका कन्चनचन्द्र बादे प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएपछि महर्जनलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण