ट्रम्प-पुटिन वार्ता
डोनाल्ड ट्रम्प अलास्कामा अवतरण
शनिबार, ३१ साउन २०८२, ०० : ४१
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एयर फोर्स वानबाट अलास्काको एन्करेजमा अवतरण गरेका छन्।
- ट्रम्पसँगै विदेश मन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र सिआइए निर्देशक जोन र्याटक्लिफ पनि आएका छन्।
- ट्रम्पले रुस-युक्रेन युद्धमा शान्ति स्थापना प्रयासका लागि पुटिनसँग भेट्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘एयर फोर्स वान’ मार्फत अलास्काको एन्करेजमा अवतरण गरेका छन्। उनीसँगै विदेश मन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र सिआइए निर्देशक जोन र्याटक्लिफ पनि आएका छन्।
रुस–युक्रेन युद्धमा शान्ति स्थापना प्रयासका लागि ट्रम्पले शुक्रबार स्थानीय समय अनुसार बिहान ११ः३० बजे एलेमेन्डोर्फ–रिचर्डसन बेसमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट्ने छन्। यो दोस्रो कार्यकालमा ह्वाइट हाउस फर्किएपछि दुवै नेताबिचको पहिलो प्रत्यक्ष भेट हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण