शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

मनसुनको अवस्था कमजोर बन्दै, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

शनिबार, ३१ साउन २०८२, ०६ : ०८
शनिबार, ३१ साउन २०८२

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको अवस्था कमजोर रहेको छ।
  • देशको पहाडी भूभागमा हल्का वर्षा तथा कोशी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भइरहेको छ।
  • आज सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा बदली रहने र केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप