पार्टी एकताबारे माओवादी ‘हल्ला’ मा नपर्न अर्यालको आग्रह
सारांश
- नेकपा (एकीकृत समाजवादी)का नेता दामोदर अर्यालले माओवादीसँग पार्टी एकताको हल्ला निराधार भएको बताए।
- पार्टी सचिवालय बैठकले वामपन्थी दलहरूसँग सहकार्य र समाजवादी मोर्चालाई बलियो बनाउने निर्णय गरेको छ।
- पार्टी एकताको कुनै योजना नभएको भन्दै नेता अर्यालले कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गरे।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले माओवादी केन्द्रसँगको पार्टी एकता हल्ला मात्र भएको बताएका छन् ।
माओवादीबाट एकता हुँदैछ भन्ने हल्ला गरिएपनि त्यस्तो हल्लामा नपर्न पार्टी कार्याकर्ताहरुलाई अर्यालको अनुरोध छ । पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले वाम पार्टीसँग सहकार्यमात्र गर्ने र समाजवादी मोर्चालाई थप मजबुत बनाउने निर्णय भएको स्पष्ट पारेका छन् ।
‘हाम्रो पार्टीको हिजो बसेको सचिवालय बैठकले विभिन्न वाम पार्टीहरूसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई थप मजबुत बनाउने निर्णय गरेको हो’, सामाजिक सञ्जालमा अर्यालले लेखेका छन्,‘त्यसबाहेक हाम्रो पार्टीको सङ्गठन निर्माण र आन्दोलनका सम्बन्धमा आवश्यक अन्य महत्त्वपूर्ण निर्णय पनि गरेको छ । ’
उनले थप भनेका छन्, ‘यतिखेर अरू वाम पार्टीहरूसँग पार्टी एकता गर्ने पार्टी सचिवालयले कुनै पनि निर्णय, योजना र मनसाय प्रकट गरेको छैन ।तसर्थ, पार्टी एकता हुदैछ भन्ने प्रकारको माओवादी हल्लामा नपर्न सम्पूर्ण कमरेडहरूलाई अनुरोध गर्दछु ।’
अरू वाम पार्टीहरूसँग पार्टी एकता गर्ने पार्टी सचिवालयले कुनै पनि निर्णय, योजना र मनसाय प्रकट नगरेको पनि अर्यालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण