जब सलमानको फिल्मका निर्देशकमाथि गोली प्रहार गरियो
सारांश
- १९९१ मा रिलिज भएको फिल्म 'साजन' का निर्देशक लरेन्स डिसुजाले अन्डरवर्ल्ड ग्याङ्स्टरको निशानामा परेको खुलासा गरे।
- उनले 'इन्डियन बाबु' फिल्म बनाएपछि ग्याङ्स्टरहरूले १.५ करोड रुपैयाँ मागेका थिए र धम्की दिएका थिए।
- धम्कीपश्चात, अफिस बाहिर गोली प्रहार भए पनि उनी गेटको ऐक्रेलिक सिट र मूर्तिले गर्दा बाँचे।
मुम्बई । सन् १९९१ मा रिलिज भएको बलिउड फिल्म ‘साजन’ का निर्देशक लरेन्स डिसुजाले हालै आफू अन्डरवर्ल्ड ग्याङ्स्टरहरूको निशानामा परेको खुलासा गरेका छन्।
सलमान खान, सञ्जय दत्त र माधुरी दीक्षित अभिनीत उक्त फिल्म सुपरहिट भए पनि, डिसुजाको जीवनमा सन् २००३ मा बनाएको ‘इन्डियन बाबु’ पछि ठुलो सङ्कट आएको उनले बताएका छन्।
अमर उजालालाई दिएको अन्तर्वार्तामा डिसुजाले भने, ‘त्यो समय नयाँ कार वा फ्ल्याट किन्नु पनि खतरनाक थियो।’ उनले १४ लाखमा खरिद गरेको मित्सुबिशी लान्सर कार लगातार धम्कीपछाडि मात्र ५ लाखमा बेच्नुपरेको अनुभव साझा गरे।
उनका अनुसार, ‘इन्डियन बाबु’ को लागत करिब ४ करोड रुपैयाँ थियो, जसको जानकारी ग्याङ्स्टरहरूसम्म पुग्यो। त्यसपछि उनलाई घरमै फोन गरेर १.५ करोड रुपैयाँ माग्न थालियो।
डिसुजाले भने, ‘एक दिन गीतको एडिटिङ गर्दै गर्दा फोन आयो। उताबाट आवाज आयो– ‘म एजाज लकडवाला बोल्दैछु। मैले सोचेँ मजाक होला र काटिदिएँ। पछि उनले बारम्बार फोन गर्न थाले।’
थप केही सातापछि उनी आफ्नो अफिसको बाहिर चौरमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले दुई राउन्ड गोली चलाए। तर, गेटमा रहेको ऐक्रेलिक सिट र मदर म्यारीको मूर्तिले ज्यान जोगाइदियो।’ केही समयपछि फोन र धम्की बन्द भए र घटना शान्त भएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण