केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्ष भित्रै तीन वटा बच्चा जन्माउन सुझाव दिनुभयो । प्रधानमन्त्रीले यस्ता सुझाव दिए पनि कुनै पनि दम्पतीले कति बच्चा जन्माउने भन्ने निर्णय स्वयम्ले गर्ने गर्छन् ।
बच्चा जन्माउन नचाहने दम्पतीले परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गरेर आफ्नो परिवारको योजना बनाइरहेका हुन्छन् । तर परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दै गर्दा महिलाहरूमा विभिन्न समस्या देखिने गरेको छ ।
कतिपयले त बाँझोपनाको समस्या भएको भन्दै गुनासो समेत गर्ने गरेका छन् । परिवार नियोजनको साधन प्रयोग गर्दा के कस्ता असर देखिन्छन् ? यसको भ्रम र यथार्थका विषयमा हामीले नेपाल परिवार नियोजन सङ्घकी नर्सिङ इन्चार्ज बबी विष्टसँग कुराकानी गरेका छौँ :
परिवार नियोजनको साधन प्रयोग गर्दा स्वास्थ्यमा कुनै पनि दीर्घकालीन असर गर्दैन ।
तपाईंले परिवार नियोजनको साधन पाँच वर्षसम्मको लागि डिपो वा इम्प्लान्ट लगाउनुभएको छ भने :
_6PsgVFHodP.jpg)
धेरै रगत बगेको अवस्थामा स्वास्थ्य संस्थामा तत्कालै जानुपर्छ । यदि एक घण्टामा दुई वटा र दुई घण्टामा चारवटा प्याड भिज्ने गरी रगत बग्यो भने तुरुन्त स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा जानुपर्ने हुन्छ । तर थोरै थोरै रगत देखा परेको छ भने यो सामान्य हो भन्ने बुझ्नु पर्छ ।
डिपो, इम्प्लान्ट, पिल्स जस्ता परिवार नियोजनका साधन प्रयोग गर्दा तपाईँमा मोटोपन बढ्न सक्छ । तर कपर्टी राख्नुभयो भने मोटाइँदैन, तर कपर्टीले महिनावारी भएको समयमा बढी रगत बग्ने, वा महिनावारी भएको देखा पर्ने तर चार दिनपछि बढी रगत जाने जस्ता समस्या देखिन सक्छ । कसैलाई आठ दिन मात्रै महिनावारीमा रगत देखिने हुन्छ भने १२ दिनसम्म पनि रगत बग्ने समस्या हुन सक्छ । यो सामान्य हो । तर धेरै रगत बगेको खण्डमा जहाँबाट व्यक्तिले परिवार नियोजनको साधन प्रयोग गरेको छ त्यही गएर जाँच गराउनुपर्छ ।
पर्छ । किनभने कतिपय महिला मैले परिवार नियोजनको साधन प्रयोग गरेको छु भन्न लाज मान्ने गर्छन् । चिकित्सकहरूले किन समस्या भइरहेको छ भनेर थाहा पाइराखेका हुँदैनन् । जसका कारण अनावश्यक खर्च र औषधीको प्रयोग भइरहेको हुन्छ । त्यसैले परिवार नियोजन जुन स्थानमा गरेको त्यही गएर आफूलाई परेको समस्या राख्नु राम्रो हुन्छ ।
नेपालमा महिलाहरूले प्रयोग गर्ने परिवार नियोजनको साधन बढी छ । पुरुषका लागि अस्थायी साधन भनेको कन्डम नै हो । कि त स्थायी परिवार नियोजन नै गर्नुपर्ने हुन्छ । जुन भनेको बन्ध्याकरण नै हो । पुरुष पार्टनरहरूले सुरक्षित तवरले कन्डम प्रयोग गर्दिनु भयो हर्मोनल परिवार नियोजनको साधन प्रयोग गर्न नमिल्ने महिलाहरूलाई सहज हुन्छ ।
कन्डम लगाएर सम्पर्क राख्यो भने यौन सम्बन्धमा सन्तुष्टि आउँदैन भन्ने भ्रम छ । तर त्यो गलत हो । यदि पुरुषहरूले कन्डमको प्रयोग गर्ने गरिदिनुभयो भने यौन जन्य सङ्क्रमणबाट जोगिन, महिला गर्भवती हुनबाट जोगिन सहयोग मिल्छ ।
हर्मोनल परिवार नियोजनका साधन प्रयोग गर्नेहरूले महिनावारी गडबड भयो भन्ने समस्या लिएर आउनुहुन्छ । कतिपयले बाँझोपनको समस्या भएर समेत आउनुहुन्छ । तर कुनै पनि परिवार नियोजनको अस्थायी वा स्थायी साधनले बाँझोपना ल्याउँदैन र दीर्घकालीन रोगहरू निम्ताउँदैन ।
प्रत्येक परिवार नियोजनको साधनको धेरै फाइदा छ भने सामान्य साधारण असरहरू देखिन्छन् । तर पछिसम्म जटिलता भने निम्ताउँदैन । परिवार नियोजनको साधन प्रयोग गरेपछि केही समय भने बच्चा बस्न समय लाग्ने हुन सक्छ ।
कुन परिवार नियोजनको साधन प्रयोग गर्दा कति समयसम्म गर्भ बस्दैन ?
तीन महिने डिपो लगाएका महिलाको गर्भ बस्न १२ देखि १८ महिना लाग्न सक्छ । किनभने डिपोले हर्मोनल परिवर्तन गरेको हुन्छ ।
त्यसैले महिलाले परिवार नियोजनको साधन प्रयोग गरेको छ भने मैले चाहेको बेला गर्भ बस्न समय लाग्छ भन्ने बुझ्नु पर्छ त्यही अनुसार आफूलाई तयार गर्नुपर्छ, आत्तिनु हुँदैन । तर लामो समयसम्म पनि गर्भ बसेन भने चिकित्सकको जानु भने आवश्यक छ ।
परिवार नियोजनका लागि अन्य विधिहरू पनि छन् ।
_Bhbu7xu839.jpg)
मालाचक्र विधि
स्तनपान विधि
स्तनपान विधि प्राकृतिक गर्भनिरोधको विधि हो । जुन बच्चा जन्मिने बित्तिकै प्रयोग गरिन्छ । यो यस्तो विधि हो जुन निश्चित प्रक्रिया अपनाए मात्र काम गर्छ ।
जब महिलाले पूर्ण रूपमा स्तनपान गराउँछिन् उनको अण्डाशयबाट अण्डा निष्कासन हुँदैन र गर्भवती हुनबाट बचाउँछ । प्रसूति पश्चात्का महिलाहरूले पूर्णरुपमा स्तनपान गराएमा, बच्चाको उमेर छ महिनाभन्दा कम छ भने, सुत्केरीपछि महिनावारी सुरु भैसकेको छैन भने यो विधिले पनि गर्भ रहनबाट जोगाउँछ ।
स्तनपान विधिको पूर्ण प्रभावकारिताको लागि बच्चालाई ठोस आहार र पानी पनि नदिई स्तनपान मात्र (४–६ घण्टा भन्दा बढी फरक नपर्ने गरी २४ घण्टामा कम्तीमा ८–१० पटक साथै बच्चाले मागेको बेला) गराई राख्नुपर्दछ ।
यदि स्तनपनमा कमी आयो भने महिनावारी सुरु हुन सक्छ । महिनावारी सुरु हुनु भनेको शरीरले गर्भ निरोध गर्न नसक्ने सङ्केत पनि हो ।
प्रतिक्रिया