पसल जाँदा बाटो छेकेर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
शनिबार, ३१ साउन २०८२, १४ : १५
सारांश
- सङ्खुवासभामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
- पीडितको जाहेरी अनुसार, युवकले किशोरीलाई पसलबाट फर्किने क्रममा धाकधम्की दिई करणी गरेको आरोप छ।
- जिल्ला अदालत संखुवासभाले युवकलाई पुर्पक्षका लागि कारागार पठाएको छ, र घटनाको थप अनुसन्धान भइरहेको छ।
सङ्खुवासभा । १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सङ्खुवासभा मकालु गाउँपालिका–३ हेदाङ्ना, मानेडाँडा गाउँटोल घर भएका ३७ वर्षीय धर्मबहादुर गजमेरलाई कारागार चलान गरिएको हो ।
२०८२ साल वैशाख महिनाको एक साँझ किशोरी घर नजिकै रहेको पसलमा थुक्पा किन्न गएका बेला बाटो छेकेर गजमेरले एकान्त स्थानमा लगी धाकधम्की दिई जबरजस्ती करणी गरेको पीडित पक्षको जाहेरीमा उल्लेख छ।
जाहेरीका आधारमा प्रहरीले उनलाई साउन ८ गते पक्राउ गरी अनुसन्धान पश्चात् जिल्ला अदालत संखुवासभामा पेस गरेको थियो। अदालतले २०८२ साल साउन ३० गतेको आदेशअनुसार उनलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी चलान गरेको हो।
सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण